लामो संर्घष र वलिदानीबाट परिर्वतनको आश बोकेर आएको संघीयतामा सुखि नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको छ । जनताले सोहि बमोजिम होला त भन्ने आशा र भरोसा पनि गरे, तर विडम्बना भन्नु वा वाध्यता संघीय, प्रदेश तथा स्थानीय सरकारले त्यो अनुभुति जनतालाई दिलाउन सकेका छैनन् । तीन तहका सरकार बन्द काेठाबाट समृद्धि खाेजीरहेका छन् ।
अहिले पनि बन्द कोठा भित्र कार्यक्रम सञ्चालन गरेर बजेट खर्च गर्ने परम्पराको अन्त्यय हुन सकेको छैन । बिशेष गरि प्रदेश सरकारका कार्यक्रमहरु अहिले पनि बन्द कोठामा सम्पन्न भएर फेसबुकका भित्तामा सजिनु बोहक अरु उपलब्धी सुन्य छ । सरकारले जनतालाई सु-सुचित गर्ने कुरामा कुनै कसर बाँकी राख्न नहुने हो, तर त्यस्तो भएको पाईएको छैन । नजिकको स्थानीय सरकार होस या अलिपरको प्रदेश र संघीय सरकार जनताको दैनीकीसंग यी कुनै सरकार जोडिन भने सकेका छैनन् । जनताको आवश्यक्ताका बारेमा कसैले ध्यान नदिएको होकि भन्ने अनुभुति हुन थालेको छ । त्यसैले यस तर्फ तिनै तहका सरकारले ध्यान दिने र कोठे कार्यक्रलाई थाँती राखेर जनातालाई सुसुचित गर्दै आफुले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिनु अहिलेको आवश्यक्ता हो । नत्र कोठा भित्र कार्यक्रम गरेर ति दुरदराजका जनताले समृद्धि कागतमा मात्रै महसुस गर्ने बाहेक विकल्प छैन ।
जनताले नजिकको सरकारको आश गरे, राज्यले सिंह दरबारको अधिकार घरघरमा भन्ने उद्घोष पनि ग¥यो । तर नजिकको भन्ने स्थानीय सरकार सिंह बनेर दरबारीया सरकार सञ्चाल गर्ने तर्फ उन्मुख देखिन्छ । स्थानीय सरकारबाट पाउने सेवा सुविधा प्राप्त गर्न अहिले पनि जनता लालाहित र उहि पुरानै भन्दा पनि जटिल तरिकाबाट नजिकको सिंहदरवार धाउन बाध्य छन् । स्थानीय सरकारबाट पाउने सेवा सुविधा जनतालाई जानकारी दिलाउन र जनता सम्म पुग्न सकेका छैन् । जब सम्म जनतालाई सुचनाको पहुँचमा ल्याउन र सुसुचित गर्न सकिन्न तब सम्म न सुखि नेपाली हुन्छन नत समृद्ध नेपाल ।
जनताले पाउने सेवा सुविधा र सरकारबाट हुने विभिन्न कार्यक्रमहरु अहिले पनि बन्द कोठामा गैरसरकारी संस्थाकै पारामा सञ्चालन हुने गरेका छन् । कतिपय स्थानीय तहमा त अझै कार्यक्रम संचालनको जिम्मा गैरसरकारी संस्थालाई दिएर आफु पन्छिने प्रबृतिले डेरा जमाएको पाईन्छ । के गैर सरकारी संस्थाकै पछाडी लाग्नलाई जनताले ७० वर्ष कुरेका हुन त ? जब सम्म जनप्रतिनिधिहरु जनतासंग जोडिएर काम गर्न सक्दैनन् तब सम्म जनताले विश्वास गरेको प्रतिफल कसरी पाउँछन् । अनि सुखि नेपाली समृद्ध नेपाल कसरी बन्छ ? सोचनीय छ । स्थानीय सरकार स्थानीयको भएर काम गर्न नसके सम्म राज्यले परिकल्पना गरेको र जनताले आशा गरेको समृद्धि पाउन मुस्किल छ ।
अहिले विशेषत प्रदेश सरकारबाट हुने विभिन्न कार्यक्रमहरु बन्द कोठामा संचालन हुने र फेसबुकका भित्तामा फोटो पोष्ट गर्न बाहेक उपलब्धी मुलक हुन सकेको छैन् । जनतासंग प्रत्यक्ष जोडिएका सवालमा जनाताले जानकारी पाउनु भन्दा पहिले नै कार्यक्रम सम्पन्न भईसकेका हुन्छन् । यस विषयमा अहिले सबै भन्दा बढी प्रदेश सरकारले सोच्नु पर्छ भन्ने लाग्दछ । किन भने अहिले विशेष गरि प्रदेश सरकारले गर्ने कार्यक्रमहरुका बारेमा जनता सम्म सुचना पु¥याउन कठिनाई भएको पाईन्छ । प्रदेश सरकारका कार्यक्रमहरु तारे होटल र बन्द कोठामा सिमित हुनले जनतासंग प्रत्यक्ष जोडिन नसकेको हो कि भन्ने लाग्दछ ।
त्यसो त देशमा समृद्धि नआएकै पनि हैन देश विकासको दु्रत गति पार गर्दै अगाडी बढिरहेको छ । सुरुङ्ग मार्ग, दुर्त मार्ग, रङ्गशाला निर्माण, विभिन्न हाइड्रो पावरहरु निर्माण, बिजुलि निर्यात, नेपालकै आफ्नै पानी जहाज संचालनको प्रकृया सुरु, रेलको संचालनको प्रकृया सुरु हुनु, अन्तराष्ट्रिय बिमानस्थल निर्माण, पेट्रोल÷ग्यास खानिको तिब्रगतिमा परिक्षण, फलाम खानि सञ्चालन, बिष्पोटक पदार्थमा आत्मनिर्भर, देशको आर्थतन्त्र चलयमान हुँदै आर्थतन्त्रमा व्यापक सुधार आउनुलाई विकास र समृद्धि नै मान्नु पर्छ । तर के यो विकश र समृद्धि जनातासंग जोडिएका छन त ? प्रश्न त्याहाँ उत्पन्न हुन्छन । जनता कति संतुष्ट छन भन्ने कुरामा ध्यान पुग्यो कि पुगेन प्रश्न त्याहाँ छ । त्यसैले जनताकालागि गरिने कार्यक्रममा जनतालाई प्रत्यक्ष जोडेर जान सकेमा अझै राम्रो र सुखि नेपाली समृद्ध नेपाल निर्माणमा सहज हुने थियो । यस विषयमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जाओस ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here