मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन रहेको मकवानपुरकाे भीमफेदीदेखि ईपा सम्मको सडकको शुक्रबार अवलोकन गर्नुभएको छ । हाल सन्चालनमा रहेको भिमफेदी– देउराली–कुलेखानी सडक प्रदेश सरकारले तत्काल स्तरुन्नती गर्ने भएकोले बैकल्पिक वाटोको रुपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक प्रयोगमा ल्याउन अनुगमन गरिएको हो ।

अवलोकनका क्रममा उहाँले निर्माणधिन रहेको उक्त सडकको निर्माण कार्य समयमा नै सक्न आग्रह पनि गर्नुभयो । सो सडकलाई काठमाण्डौ जान विकल्पका रुपमा समेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । उक्त सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडकि १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त सडक निमार्ण भए पछि भिमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुनसक्ने छन् । यसले सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

साेहि क्रममा मुख्यमन्त्री पाैडेलले भीमपफेदी गाउँपािलका र प्रदेश सरकारकाे लगानीमा निर्माण हुँदै गरेकाे सडककाे समेत अवलाेकन गर्नुभएकाे थियाे । अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केपी लगायतको सहभागिता रहेको थियो ।