मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज परिर्वतनकालागि नागरिक समाजको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । नागरिक समाज मन्च मकवानपुरको आयोजनामा बिहबिार हेटौडामा भएको नागरीकका सवालमा नागरिक तथा स्थानिय सरकार बिचको अन्तरक्रिया कार्यक्रममा बेल्दै उहाँले नागरिक स्तरबाटै परिर्वतनको जिम्मेवारी लिनु पर्ने र त्यसमा नागरिक समाजले भुमिका खेल्नु पर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले सुखि नेपाली समद्ध नेपाल निर्माणका लागि हरेक तहले भुमिका निर्वाह गर्नुपर्ने तथा नागरिक समाजले यसमा अझै बिहेष भुमिका खेल्नु पर्ने बताउनुभएको हो । लामो समय पछि देशमा राजनैतिक स्थिरता आएकोेले केहि असहज महसुस हुनु जायज भएको भन्दै नागरिक समाजले जनप्रतिनिधिको कमि कमजोरीलाई औल्याउनु पर्ने धारणा राख्नुभएको छ । समाज परिर्वतनशिल भएको भन्दै प्रमुख खुलालले क्रमबद्ध परिर्वतन हुँदै गएको हाम्रो समाज नकारात्मकता तर्फ धकेलिदै गउको प्रति समेत चिन्ता व्यक्त गर्नुभयो । सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्न आवश्यक कुरा सबै पुरा गर्न सक्ने देश संग क्षमता नभएको भन्दै प्रमुख खुलालले यसकालागि पनि नागरिक समाजले भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो । नागरिक समाजको सकारात्मक भुमिका हुनु पर्ने उहाँको भनाई थियो । हरेक क्षेत्रमा समस्या रहेको भन्दै उहाँले आ–आफ्नो स्थानबाट सबैले यथोचित ढंगले समाधान खोज्दै अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

नागरिक समाज मञ्च मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, राक्सिराङ गाउँँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउपालिकाका अध्यक्ष टंक मोक्तान, बकैया गाउपालिका उपाध्यक्ष सरला बोलखे, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ, बागमति गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतान, भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबर, बागमतिका प्रमुख प्रशासकिय अधिकृत राम कृष्ण अर्याल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाइ लगायतको उपस्थिती रहेको थियो ।