मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ मा रहेको फाखेल प्रहरी चौकीको बुधबार उद्घाटन भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेरबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, इन्द्रसरोवार ४ का वडाध्यक्ष धनविर स्यांतान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, रातोमाटे गणका महेन्द्र नेपाल, ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीषक हरिविष्णु ढकाल,इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत मदन लामा, ३ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको एक करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया सहयोगमा पवित्र मल्टिपल कन्ट्रक्सन प्रा.लिले  निर्माण गरेको प्रहरी चौकीको ३ तल्ले ११ कोठे भवनमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको छ । त्यसैगरी कार्यक्रम मार्फत प्रहरी चौकी निर्माणमा निम्ति जग्गा प्रदान गर्ने जग्गादाता इन्द्र सरोवर ४ का  धन  बिर स्यानताङ्ग, मानविर स्यानताङ्ग, भिम बहादुर स्थानताङ्ग र भवन निर्माण गर्ने पवित्र मल्टिपल कन्ट्रक्सनका  उमेश लामा सहित ४ जनालाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको छ।