काठमाडौँ – फिफा विश्वकप छनोट २०२२ को दोस्रो चरण छनोट अन्तर्गत पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा पहिलो हाफ सकिंदा नेपाल १-० ले पछाडी छ । खेलको २८ औं मिनेटमा कुवेतले कप्तान बदर अल मुतावाको गोल मार्फत अग्रता लिएको हो । तीन मुख्य खेलाडी नरहेको नेपाली टोली सम्हालिएको प्रदर्शन गरीरहेको छ ।