मकवानपुर- मकवानपुरको वकैया गाँउपािलकामा घर भत्काउने क्रममा शनिवार एक जनाको मृत्यु भएको छ । घर भत्काउने क्रममा पुरिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया गाउपालिका-३ जलजलेमा स्थानिय शान्ति लामाको घर भत्काउने क्रममा पर्खाल भत्किएर पुरिदा बकैया ३ चिसापानि निवासी २७ बर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएकाे छ । घाइते मोक्तानको उपचारका लागि बकैया स्वास्थ्य केन्द्र हात्तिसुडे ल्याउने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक सिंहले बताउनुभयो ।