मकवानपुर- मकवानपुरमा गएराति मोटरसाईकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ७ न्युरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
कान्ति लोकपथ अन्तर्गत चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५९ प ५९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकपेटिको नालिमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । मुत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका– ३ मक्रान्चुलि निवासी २५ बर्षीय राजेश तिमल्सिना रहेको उहाँले वताउनुभयो । तिमल्सिनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको हो ।
त्यसैगरी मोटरसाइकल दुर्घटनामा घाइते हुनेमा गढि गाउँपालिका ३ मक्रान्चुलि निवासी २५ बर्षीय प्रल्हाद तिमिल्सिना रहेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी भरतपुर रिफर गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।