सरकारले निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन विभिन्न निकायहरुसँग छलफल शुरु गरेको छ । हालसम्म विमानस्थलको ढाँचा, रखको कटानी बस्ती हस्तान्तरणको विषय टुंगो लागेको छैन ।

विमानस्थल विभिन्न तीन बटा रन वे सहित बनाउने भनिएको भए पनि छलफलकै अवस्थामा रहको विमानस्थल आयोजनाले जनाएको छ ।आयोजनाले हाललाई दुईवटा रनवे निमार्ण गर्ने र पछि तेस्रो निर्माण गर्ने योजना सहित अघि बढेको खण्डमा १ लाख २८ हजारको संख्यामा मात्र रुख कटानी गरेर निर्माण अघि बढाउन सकिने प्रस्ताव छलफलका लागि अघि सारेको जनाएको छ ।

त्यस्तो प्रस्तावमा सहमती भएको खण्डमा १ हजार ६ सय ५० हेक्टर क्षेत्रफलका १ लाख २८ हजार रुख मात्रै काटेर पनि योजना अघि बढाउन सकिन्छ की भनेर सम्बद्ध निकायहरुसँग छलफल भएको आयोजना प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिनु भयो । लगानी बार्डले विमानस्थलको निर्माणको लागि ३ खर्ब ७० अर्ब लाग्ने प्रस्ताव गरेको छ । आयोजनाले विमानस्थलको निर्माणको लागि जुरचि एयरपोर्ट संग प्रस्ताव समेत माग गरिएको जनाएको छ । विमानस्थल निर्माण आयोजनाले ५० करोडको लगानीमा टाँगिया बस्ती हस्तानान्तरणको प्रस्ताव पनि अघि सारेको जनाएको छ ।