काठमाडौं । पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । लियाकतपुर निजक तेजगाम रेलमा लागेको आगलागीबाट ३० भन्दा बढी घाइते भएका छन् ।
रेलका तीन वटा डब्बामा आगो लागेर उक्त दुर्घटना भएको रहिम यार खान जिल्ला पुलिस अफिसर अमीर तैमुर खानले बताए । मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् । सिलिण्डर विष्फोट भएर उक्त दुर्घटना भएको बताइएको छ । धेरै जसोले रेलबाट हामफालेर ज्यान जोगाएको रेल मन्त्री शेख रशिदले बताएका छन् ।