काठमाडौं- सिन्धुपाल्चोकमा फाल्गुन १ देखि ७ गतेसम्म “सुकुटे सिन्धु” महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२०, लाई भव्य रुपमा सफल बनाउन, चौतारा साँगाचाकेगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रुपमा विकास गर्न महोत्सव गर्न लागिएको हो ।

चौतारा साँगाचाकेगढी नगरपालिका र पर्यटन व्यवसायीहरुको प्रारम्भिक संयुक्त बैठकले सो निर्णय गरेको हो । नगरपालिका र पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । बैठकले महोत्सबको कार्यक्रमको प्रकृति, स्थान लगाएत अन्य विभिन्न विषयमा अध्ययन गर्दै कार्यक्रमको संभावना विस्तिृत अध्ययन गर्न नगर प्रमुख अमान सि। तामाङको संयोजगत्वमा एक कार्य समिति समेत गठन गरेको छ ।