काठमाडौँ – स्वास्थ्य परिक्षणका क्रममा बुधबार काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज डायलसिस गरिएको छ । प्रधानमन्त्री ओलीको हिजो सम्पूर्ण परिक्षण सम्पन्न भएर रिपोर्ट आईनसकेकोले उहाँलाई अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई भेट्न आज अस्पताल पुग्नुभएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले चिकित्सकहरुलाई उद्धृत गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री सचिवालयका अनुसार, अस्पतालमा भिड हुने भएकाले आवश्यकता अनुसार मात्र नेताहरुलाई भेट्न दिईएको छ ।