मकवानपुर- शिक्षाको अधिकार (अविद्जान) सिद्धान्त सम्बन्धी नेपालमा भएको पहिलो राष्ट्रिय गोष्टि काठमान्डौंमा मंगलबारबाट सुरु भएको छ । शिक्षाको लागि राष्टिंय अभियानको आयोजनामा पहिलो पटक नेपालमा कार्यक्रम आयोजना गरिएको हो । गोष्टिमा मकवानपुरबाट हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्ट सहभागि हुनुभएको छ । अविद्जान सिद्धान्त भन्नाले राज्यले आफ्नो क्षेत्राधिकार भित्रका नागरिकलाई निशुल्क तथा गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने हो ।

नेपालमा पहिलो पटक भएको गोष्टिमा मकवानपुरका दूई उपप्रमुख सहित शिक्षाको लागि राष्टिंय अभियानका प्रदेश ३ संयोजक प्रकाश खतिवडाको पनि सहभागिता रहेको छ । अविद्जान सिद्धान्तले सार्वजनीक शिक्षा प्रदान गर्न र शिक्षामा निजी संलग्नताको नियमन गर्नका लागि राज्यको मानव अधिकारको दाईत्वका बारेमा मार्गनिर्देश गर्दछ । यस सिद्धान्तले मानव अधिकार कानुन र मापदण्डहरुलाई बिशेष गरी शिक्षामा निजि क्षेत्रको संलग्नताको तिबै विस्तारको परिपेक्षमा कसरी व्यवहारमा लागु गर्ने भन्ने बारे मार्गदर्शन प्रदान गर्न विद्यमान मानव अधिकार कानुन र मापदण्डको संकलन र व्याख्या गर्ने उपमेयर लामाले बताउनुभयो ।
त्यस्तै सबैकालागि निशुल्क, गुणस्तरीय सार्वजनीक शिक्षा प्रणली स्थापना गर्न राज्यको दाईत्वको स्पष्ट पुनःस्थापनामा आधारीत रहेको कुरा सुद्धान्तमा रहेको उहाँले जानकारी दिनुभएको छ । यी सिद्धान्तले राज्यको विभिन्न दाईत्वहरुमा मार्गदर्शन गर्ने, जस्तै प्राप्त गर्न सकिने उच्चतम गुणस्तरको निशुलक सार्वजनीक शिक्षा प्रदान गर्ने, निजी संलग्नताको नियमन गर्ने र गुणस्तरीय सार्वजनकि शिक्षामा लगानी गर्ने जस्ता कुराहरु समेटीएको उहाँले बताउनुभएको छ ।

उत्कृष्ट एवम् निशुल्क शिक्षा प्रदान गर्ने र शिक्षामा निजि संलग्नताको नियमन गर्न यस सिद्धान्तले प्रेरीत गर्ने मनहरी गाउँपालिकाकी उपप्रमुख मनिला बिष्टले बताउनुभयो । अहिले शिक्षामा निजि करण भएको अवस्थामा यस सिद्धान्तले सार्वजनीक तथा गुणस्तरीय हिक्षालाई जोड दिएको उहाँले बताउनुभयो । त्यस्तै शिक्षाको लागि राष्टिंय अभियानका प्रदेश ३ संयोजक प्रकाश खतिवडाका अनसार सार्वजनीक शिक्षाको सुद्धृढिकरणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले के कस्ता कामहरु गरेका छन तथा यी सरकारहरुको दाईत्व एवम् भुमिका के हो भन्ने बारेमा गोष्टीमा छलफल भएको उहाँले जानकारी दिनुभयो । निजि क्षेत्रले शिक्षामा गरेको मनपरि नियन्त्रण गर्न तथा सार्वजनीक एवम् गुणस्तरीत तथा निशुल्क शिक्षा प्रदान गर्न यस सिद्धान्तले महत्वपुण भुमिका खेल्ने उहाँहरुको भनाई रहेको छ ।