मकवानपुर– हेटौंडा उपमहानगरपालिकाको आयोजनामा अनलाईन आर्थिक व्यवस्थापन (कोपोमिक्स) सम्बन्धी दुई दिने तालिम सोमबारबाट हेटौंडामा सुरु भएको छ । उपमहानगरपालिकाले आर्थिक व्यवस्थापन राम्रो होस भन्ने उदेश्यका साथ नगरका सहकारी संस्थाका व्यवस्थापकहरुका लागि अनलाईन अपडेट सम्बन्धी दुई दिने तालिम आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको तालिमको उद्घाटन मेयरमहतले नै गर्नुभएको थियो । मंगलबार सम्म संचालन हुने तालिममा अमोद पुणासैनीले सहजीकरण गर्नुभएको हो । तालिममा नगरका २१ वटा बचत तथा ऋण सहकारी संस्था र १० वटा दुग्ध सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको हेटौंडा उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिंतानलगायतको सहभागिता रहेको थापाले जानकारी दिनुभयो ।