मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैर सरकारी संस्थाले आफ्नो कामको समिक्षा गर्नुपर्ने बताउनुभएको छ । ४० औ सामाजिक सेवा दिवसका अवसरमा गैरसरकारी संस्था महासंघ मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बेल्दै प्रमुख खुुलालले गैससले आफुले गरेको कामको समिक्षा आफै गर्नुपर्ने बताउनुभयो ।

मकवानपुरमा काम गर्ने गैर सरकारी संस्थाहरु मध्ये कतिपयले राम्रो काम गरेको भए पनि कतिपयले कागजमा मात्र काम गर्ने गरेको पाईएको बताउनुभयो । गैससले सरकारको कामलाई सहयोग पु¥याउँनु पर्ने प्रमुख खुलालको भनाई थियो । सरकारको उदेश्य अनुसार सुखि नेपाली समृद्ध नेपाल निर्माणमा गैससको सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले गैससहरुमा राम्रा काम गर्ने र नराम्रा काम गर्नेहरु पनि रहेको भन्दै राम्रा काम गर्नेलाई सधैं सहयोग गर्ने वताउनुभयो । गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा समाजकल्याण परिषदका सहायक निर्देशक शुस्मा खड्का, गैससका प्रदेश अध्यक्ष बुद्धशरण लामा, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सेवा दिवसका अवसरमा हेटौंडा–१ स्थित ओम बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफूल समेत बितरण गरिएको थियो ।