हेटौंडा–शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिक शिक्षामा बिषेश जोड दिएको बताउनुभएको छ । शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ हटियामा अवस्थित जनप्रिय नमुना माध्यमिक विद्यालय (प्रविधिक शिक्षालय) को नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अहिलेको आवश्यत्ता अनुसारको प्राविधिक शिक्षामा सरकारले जोड दिएको बताउनुभएको हो ।
मन्त्री पोखरेलले हरेक राजनैतिक परिर्वतनमा शिक्षकहरुले भुमिका खेलेको भन्दै शैक्षिक परिर्वनमा पनि शिक्षकले नेतृत्वदायि भुमिका खेल्नु पर्ने बताउनुभयो । भौतिक निर्माणले मात्र गुणात्मक शिक्षा प्राप्त नहुने भन्दै शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सिप, सिपलाई श्रम र श्रमलाई उपयोगितासंग जाड्नु पर्ने बताउनुभएको छ । मन्त्री पोखरेलले राज्यको लागानी अनुसारको शिक्षा क्षेत्रले प्रतिफल दिन नसकेको भन्दै निजि शैक्षिक संस्थासंग प्रतिष्पर्धा गर्नसक्ने खालको शिक्षा सामुदायिक विद्यालयले दिन सक्ने वातावरण तयार पार्नु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयलाई गुणस्तरयुक्त बनाउन समुदाय, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी सबैको साथ र सहकार्य अवश्यक रहेको बताउनुभएको छ । सामुदायिक विद्यालयलाई छनौटको पहिलो विद्यालय बनाउन सक्नुपर्ने मन्त्री पोखरेलको भनाइृ थियो ।

नेपालको शिक्षा निति पुरानै शैलीमा चलिरहेको भन्दै मन्त्री पोखरेलले त्यको परिर्वतनको क्रममा रहेको भन्दै शिक्षा निति पछि शैक्षिक क्षेत्रमा व्यापक परिर्वतन आउने बताउनुभयो । अहिलेको शिक्षा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा प्रदान गरिरहेको भन्दै अव सरकारले हिजोको प्रणलीलाइृ परिर्वतन गरेर प्राविधिक शिक्षामा जोड दिएर काम गरिरहेको बताउनुभएको छ । सुखि नेपाली समृद्ध नेपालको सपना समकार पार्न शैक्षिक क्षेत्रमा व्यापक परिर्वतन आउन जरुरी रहेको मन्त्री पोखरेलको भनाइृ थियो । शैक्षिक क्षेत्रको परिर्वतनको चरणमा रहेकाले परिर्वतनको नेर्तत्व शिक्षकले लिनु पर्र्ने बताउनुभयो । राजनैतिक बहसबाट देशमा परर्वतन आएको भन्दै मन्त्री पोखरेलले अब शिक्षा क्षेत्रमा व्यापक क्रान्ति ल्याउनु पर्ने बताउनुभयो ।
२०७२ सालको भुकम्पका कारण क्षति भएको विद्यालय पुननिर्माण प्राधिकरण मार्फत शिक्षा एसियाली विकास बैंकको आर्थिक सहयोगमा शिक्षा विभागद्धारा निर्माण गरिएको हो । ६ वटा भवनमा ४८ वटा कक्षा कोठा, १४ कोठाको छात्रावास र ३ कोठाको चमेनागृह सहितको उक्त विधलय भवन निर्माणमा करीब १३ करोड रुपैया लागत लागेको बताईएको छ । विद्यायल व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद तथा अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, ३ नम्बर प्रदेश सभा सदस्यहरु जुनेली श्रेष्ट, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता रहेको थियो ।