काठमाडौं- फिफा विश्वकप २०२२ को छनोटका लागि नेपालले भोलि चाइनीज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र चाइनीज ताइपेईबीचको खेल ४ः५५ बजे ताइपेई मुन्सिपल स्टेडियममा शुरु हुने छ ।

पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले ताईपेईविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बताए । चाइनीज ताईपेईसँग गत जुनमा भएको प्रतिस्पर्धामा एक एक गोलको बराबरी खेलेको थियो । दुवै टिमले पहिलो खेलमा पराजय व्यहोरेकाले मंगलाबार स्पष्ट तीन अंक लिने प्रयासमा हुने छन् । ताइपेई पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो ।