हेटौंडा– ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शिक्षामा वैज्ञानीकिकरण हुनु आवश्यक रहेको बताउनुभएको छ । ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा हेटौंडामा आईतबार आयोजित कार्यक्रममा उहाँले परमपरागत रुपमा दिइने शिक्षालाई परिमार्जीत गरेर बैज्ञानीक बनाउनुपर्ने बताउनुभएको हो ।
सभामुख श्रेष्ठले अहिलेको अवस्थामा शिक्षा क्षेत्रमा आमुद परिवर्तन आवस्यक रहेको तर पर्याप्त नभएको बताउनुभएको छ । सबैलाई रोजगारी दिन सक्ने खालको शिक्षा अहिलेको आवश्यत्ता रहेको उहाँले बताउनुभएको छ । कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकाश मन्त्री युवराज दुलालले शिक्षा क्षेत्रमा तीनै तहका सरकारको अधिकार भएको भन्दै अधिकार प्रयोग गर्दा कर्तव्य पनि पालना गर्नुपर्ने बताउनुभएको छ । सार्वजनिक बिद्यालयको सवलीकरण बिना मुलुकको बिकास संभव नभएको भन्दै उहाँले बिगतलाई दोसारोपण गरेर शिक्षामा सुधार नआउने बताउनुभएको छ । प्रदेश सरकारले प्राबिधिक र व्यावसायीक शिक्षामा जोड दिएको मन्त्री दुलालले बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश–३ का कृर्षि, स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनस्याम दाहालले व्यावहारीक शिक्षा अहिलेको आवस्यक्ता रहेको वताउनुभयो । शिक्षा नीतिमा आमुल परिवर्तन गर्नु अहिलेको आवस्यक्ता रहेको वताउनुभयो । शिक्षा क्षेत्रमा सुधार गर्नका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने उहाँले वताउनुभयो । प्रदेश नम्बर ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कंडेलले सामाजिक बिकास मन्त्रालयले सञ्चालन गरेको एक बिद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको बताउनुभएको छ । प्रदेशका सबै स्थानीय तहमा सुरु गर्न लागिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँको भनाई थियो । कार्यक्रममा सामाजिक बिकाश मन्त्रालयले प्रदेशभरीका उत्कृष्ट सामुदायिक र निजी बिद्यालयलाई नगदसहित पुरस्कृत गरिएको थिाये ।