काठमाडौं । चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि भारतको चन्द्रयान– २ को सम्पर्क पृथ्वीबाट टुटेको छ । यान सम्पर्कविहिन बनेसँगै चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी निराश हुँदै फर्कनुभएको छ । इसरोका अध्यक्ष के. सिवनले चन्द्रयान –२ चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताउनुभयो ।
उहाँका अनुशार , ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’ चन्द्रयान–२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय पुग्नुभएको थियो ।
प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।यसैबर्ष इजरायलले पठाएको रकेट पनि चन्द्रमाभन्दा १० किलोमिटर पहिलासम्पर्क विहिन बनेको थियो । राती १ः ५५ मनिेटमा चन्द्रमामा अवतरण गर्नुपर्ने थियो । तर वैज्ञानिकहरुले समय बदलेर १ः५३ बनाएका थिए । चन्द्रयानसम्पर्क विहिन बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले जीवनमा उतार चढाव आउनेभन्दै आगामी दिनमा नयाँ प्रयाश जारी राख्ने बताउनुभयो ।
अहिलेसम्म चन्द्रमामा यान पठाउने ३८ प्रयास भएका छन् । ती प्रयाशहरु मध्ये अहिलेसम्म ५२ प्रतिशत कोशिसहरु सफल भएका छन् । चन्द्रममा छुने पहिलो प्रयाश अमेरिका र सोवियत संघ रुसले सन् १९५८ मा गरेका थिए । सन् १९६८ अगस्ट र डिसेम्बरमा दुबैदेशले ४ पायनियर आँर्विटर (अमेरिका) र ३ लुना ईपेक्ट (सोभियत संघ)ले पठाएपनि दुबै प्रयाश असफल भएका थिए । अहिलेसम्म चन्द्रमामा विश्वका ६ देशले यस्ता स्याटलाइट यानहरु पठाएका छन् । ती मध्ये ५ देशलाई सफलता मिलेको छ । रेडियो नेपालबाट