हेटौंडा– हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सृजनशील सचेत महिला समुहद्धारा हरितालिका तिजको अवसरमा आयोजित खुल्ला गित प्रतियोगिताको उपाधि खाद्य टोल विकास संस्था प्रथम भएको छ । शनिबार भएको प्रतियोगितामा ७ वटा टोल विकासका समुहहरुलाई पछि पार्दै खाद्य टोलविकास संस्था विजयी भएको हो ।
प्रतियोगितामा नेपाली समाजको मौलिकता झल्कने खालका गितहरु प्रस्तुत गरिएका थिए । प्रतियोगितामा प्रगतिशील टोल विकास द्धीतिय र स्वागत टोल विकास संस्था तृतीय भएको थियो । प्रतियोगितामा प्रथम, द्धतिय र तृतिय हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो । विजेता समुहलाई हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै उपमेयर लामाले महिलाहरूको क्षमता अभिबृद्धि गर्नुपर्ने र नेतृत्व विकासमा जोड दिनुपर्ने बताउनु भयो । प्रतियोगितामा सहभागि सबै समुहहरुलाइृ समेत प्रमाणपत्र प्रदान गरिएको थियो । सृजनशील सचेत महिला समुह मिना अर्यालको सभाध्यक्षतामा भएकोे कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।