काठमाडौं– आशालाग्दा मन्त्री उपमा पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनअपेक्षा अनुसार तीब्र रुपमा काम अघि बढाउनुभएको छ । उहाँले जनचासोको बिषय सम्बोधनलाई प्राथमिकतामा राखेको पछिल्लो निर्णयहरुबाट स्पष्ट हुन्छ । मन्त्री भट्टराईले पछिल्लो पटक पशुपति क्षेत्र विकास कोषलाई पशुपति मन्दिरमा साँझको आरती अघि राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
मन्त्रीको निर्देशन आजैदेखि लागु हुने भएको छ । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार आजै साँझको आरती भन्दा अगाडी राष्ट्रिय गीत बज्ने व्यवस्था मिलाएको पशुपति विकास कोषले जानकारी दिएको छ । पशुपति मन्दिरमा हरेक दिन साँझ बिशेष प्रकारको आरती हुने गरेको छ । आरती हेर्नका निम्ति सयौं विदेशी तथा नेपालीहरु प्शुपत क्षेत्रमा उपस्थित हुने गरेका छन् ।