हेटौंडा– हेटौंडामा मोटरसाईकलको ठक्करबाट बुधबार साँझ एक जनाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडक खण्डको क्याम्पाडाँडा नजिक मोटरसाइकलले साईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको हो ।
बुधबार साझँ हेटौँडा बजारबाट चौघडा तर्फ जादै गरेको प्रदेश नम्बर २–०३००१ प ९३९० नम्बरको मोटरसाईकलले विपरीत दिसाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार मकवानपुरगढी–४ घर भई हेटौँडा ५ सानोपोखरा डेरा गरी बस्ने ४० बर्षीय सोमलाल घलानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
घलानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मुत्यु भएको उपरीक्षक सिंहले जानकारी दिनुभयो । ठक्कर दिने मोटरसकाईकल र मोटरसाईकलका चालक हेटौँडा–१८ का रोशन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक सिंहले जानकारी दिनुभएको छ ।