हेटौँडा– पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–११ थानाभ¥ङमा अटोको ठक्करबाट घाईते पैदलयात्रीको मुत्यु भएको छ । बुधबार दिउँसो अटोको ठक्करबाट घाईते हेटौँडा–११ नवलपुर बस्ने ५० बर्षीय नारायण लम्सालको उपचारका क्रममा मृत्यु भएको हो ।
लम्सालको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । लम्साललाई बुधबार दिउँसो नवलपुरबाट हेटौँडा बजार तर्फ आउदै गरेको ना २ ह १८९० नम्बरको अटोले लम्साललाई ठक्कर दिएको थियो । ठक्कर दिने अटो र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।