हेटौंडा–हेटौंडा–९ स्थित सन्तोषि टोल बिकाश सस्थाको अध्यक्षमा पुनः कुमार पौडेल चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १२ औं साधारण सभाले पुनः पौडेललाई अध्यक्ष चयन गरेको हो ।

संतोषि टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, नगर समन्वय समितिका पुन्यवती घिमिरे, ९ नम्बर वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, सामुदायिक सेवा केन्द्रका पशुपति नगरका अध्यक्ष राम बिष्ट सृजना टोल विकास संस्थाका हरि पौडेल लगायतको उपस्थिती रहेको थियो । अध्यक्षमा चयन हुनुभएका पौडेलले सबैको साथ रसहयोगले टोल विकासको कामलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।