हेटौंडा– कर्मचारी मिलन केन्द्र (अफिसर्स क्लब) मकवानपुरले बिहीबार सरुवा भएर जानुहने कर्मचारीको विदाई तथा आनुहुने कर्मचारीलाई स्वागत गरेको छ । क्लबले एक कार्यक्रमको आयोजना गरेर ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाललाई विदाई गरेको हो ।

लोक सेवा आयोगमा सरुवा भएर जान लाग्नु भएका ढकाललाई फेरी भेटौंला कार्यक्रमको आयोजना गरेर क्लबले विदाई गरेको हो । क्लबले मकवानपुरबाट सरुवा भएर अन्यत्र जाने कर्मचारीहरुलाई फेरी भेटौंला कार्यक्रम गरेर विदाई गर्ने गरेको छ ।

त्यस्तै मकवानपुरमा सरुवा भएर आउनुभएका कर्मचारप्ीहरुलाई समेत क्लबले सोही कार्यक्रममा स्वागत गरेको छ । मकवानपुरमा सरुवा भई आउनुभएका डिआइजी, सशस्त्रका एसपी, डिएसपीहरु, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख, नेपाल टेलिकमका प्रमुख लगायतका नव आगन्तुकहरुलाई क्लबले स्वागत गरेको हो । क्लबका अध्यक्ष राम कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी समलन केन्द्रका संरक्षक आश्मान तामाङ्लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।