फाइल फोटो
फाइल फोटो

हेटौंडा– ३ नम्बर प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्पिरिषद बैठकले प्रदेश लोक सेवा आयोग गठन गर्ने लगायत अन्य निर्णय गरेको हो ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यविधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको ढुङ्गेलल जानकारी दिनुभयो । साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरवन्दी स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रबक्ता ढुङ्गेलले बताउनुभयो ।