हेटौंडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १५ जना घाईते भएका छन । शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
शुक्रबार बिहान करीब साँढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । पूर्ब पस्चिम राजमार्ग अन्तरगत नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठाक्किएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका–५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको सिंहले जानकारी दिनुभयो । घाईतेहरु मध्ये ४ जनाको भरतपुर अस्पतालमा र ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । सामान्य घाईते अन्य ८ जना चुरेहिल अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।