हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले रक्षा बन्धन र जनै पुर्णिमाको अवसरमा सार्वजनीक विदा दिएको छ । गाउँपालिकाले रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा साउन ३० गते विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाको आज बसेको गाउँपालिकाको बैठकले हिन्दु धर्मालम्बीले परम्परा देखि मनाउँदै आएको रक्षा बन्धन तथा जनैपुर्णिमाको अवसरमा सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सार्वजनकि विदा दिने विषयमा सार्वजनीक सुचना नै जारी गरेको छ ।