हेटौंडाः स्थानिय तहका न्यायिक समितिका लागि प्रदेश सरकारले नियुक्त गर्ने कानुनी सहजकर्ताहरुको अन्तरवार्ता बिहीबारबाट सुरु हुदैँ छ । मकवानपुर जिल्लाका १० स्थानिय तहकालागि नियुक्त गर्ने सहजकर्ताहरुको अन्तरबार्ता बिहीबारबाट सुरु हुन लागेको हो ।
जिल्ला समन्वय मकवानपुरको कार्यालयमा बिहीबार बिहान ८ बजे देखि अन्तरबर्ता सुरु हुँदै छ । पहिलो दिन मकवानपुरको कैलाश, बागमति र राक्सिराङ गाउँपालिकाको लागि अन्तरबार्ता हुने जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारीदिनुभएको छ ।
त्यस्तै ३१ गते शुक्रबार बकैया र भीमफेदी गाउँपालिकाको, ३२ गते शनिबार थाहा नगरपालिका र मनहरी गाउँपालिकाको तथा भदौ १ गते मकवानपुरगढी गाउँपालिकाको र हेटौंडा उपमहानगरपालिकाकोलागि फारम भर्ने मध्ये सुरुका २५ जनाको अन्तरबार्ता हने उहाँले जानकारी दिनुभयो । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका बाँकी आवेदन दिनेहरुको अन्तरबार्ता २ र ३ हुने समन्वय अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाका १० पालिकाका लागि ३ सय ४८ जनाले आवेदन दिएका छन जस मध्ये प्रदेश कार्यविधिमा ८० नम्बर तोकिएको तथा २० अङ्ककालागि अन्तरबार्ता हुने उहाँले जानकारी दिनुभएको छ । हरेक दिनको अन्तरबार्ता बिहान ८ बजे देखि नै सुरु हुने उहाँले जानकारी दिनुभएको छ । आवेदन दिएका मध्ये हरेक स्थानिय तहकालागि १ जनाका दरले अन्तरबार्ताका माध्यमबाट छनोट गरेर न्यायिक समितिलाई सहजकर्ता पठाईने उहाँले बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहका न्यायिक समितिलाई सहयोग पु¥याउने उदेश्यकासाथ प्रदेशका १ सय १६ स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गर्न लागेको हो ।