हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि क्षेत्रको विकास विनासमृद्धि सम्भव नरहेको बताउनुभएको । प्रदेश सरकारले स्थापना गरेको विषदी अवशेष परिक्षण प्रयोगशालाको सोमबार हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिकालागि कृषि र पर्यटन क्षेत्रको विकास आवश्क रहेको बताउनुभएको हो ।

देशका ८० प्रतिशत जनता कृषिमा आत्मनिर्भर रहेको भन्दै तर अझै पनि अन्य देशबाट खाद्यान्न आयातको अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले आयातमुखी कृषिलाई विस्तापित गरेर व्यवसायीक कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कृषिलाई यान्त्रिकिकरण गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभएको छ । उहाँले समृद्ध बनाउन कृषि क्षेत्रमा व्यापक परिर्वतन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“मुलुक समृद्ध बनाउने भनेको कृषि क्षेत्रबाट नै हो । यसमा कर्मचारी देखि कृषकलगायत सबैको सहयोग आवश्यक छ ।” उहाँले व्यवसायिक र आधुनीक कृषि प्रणलीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले कृषि, पर्यटनलगायत क्षेत्रको विकास गरेर समृद्धि हासिल गर्ने लक्ष्य लिएको भन्दै आउँदो वर्षबाट प्रदेश सरकारका कामहरु समेत देखिने बताउनुभएको छ ।

कार्यक्रममा कृषि क्षेत्तबाट मात्रै समृद्धि प्राप्त हुन सक्ने भन्दै प्रदेश सरकारले कृषि क्षेत्रलाई नै प्रथमिक्ता दिएर लागनी गरेको ३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जेलामाले बताउनुभएको छ । कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी, प्रदेश निति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अमर बहादुर खड्का, प्रदेशसभा सचेतक रामेश्वर फुँयाललगायतले समृद्धिकालागि कृषिमा क्रान्ति ल्याउने गरि काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको अध्यक्षतामा भएको विषदी अवषेश प्रयोगशाला, माटो परिक्षण प्रयोगशाला, माटो परिक्षण घुम्ती प्रयोगशाला तथा भेटेरिनरी एम्बसलेन्स उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा प्रदेशका विभिन्न जिल्ला समन्वय समिति, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको थियो ।