हेटौडा-अख्तियार दुरुपयोग अनुसंधान आयोगको क्षेत्रीय कार्यालय हेटौंडालेघुस रकम सहित एक जनालाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेशको उद्योग वाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई ५० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अमात्यलाई घुससहित हेटौँडास्थित कार्यालयबाट आइतबार अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रवक्ता देवकुमार राईले जानकारी दिनुभएको छ । उनलाई उद्योग दर्ताको आइइई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको राईले जानकारी दिनुभएको छ । अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।