हेटौंडा- समृद्ध नेपालको लागि नयाँ पाईलाद्वारा आयोजित नेतृत्व तथा व्यक्तित्व विकास तालिमको समापन गरिएको छ । गत साउन १२ गतेदेखि संचालित ७ दिने तालिम शनिबार एक समारोह बिच समापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिन् । त्यस्तै प्रशिक्षकहरु प्रकाश दाहाल, मनोज देवकोटा, धिरज ढकाल र बालकृष्ण दाहाललाई सम्मान पत्र प्रदान गरेकी हुन् । संस्थाले तालिम प्राप्त उत्कृष्ट ३ जनालाई क्षमता र आवस्यकता अनुसार मकवानपुरको मिडियामा रोजगारिको व्यवस्था गर्ने संस्थाका अध्यक्ष विशु सुनारले जानकारी दिए । उपमेयर लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेडियो नेपालका जिल्ला संवाददाता विवश अधिकारी र संचारकर्मी अर्जुन संजेल लगायतका सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रम संस्थाका सचिव तथा कार्यक्रमका संयोजक भुवन घलानको सभाध्यक्षतामा भएको थियो ।