हेटौंडाः पतंजली योग समिति मकवानपुरले शनिबार हेटौंडामा जडिबुटी दिवश मनाएको छ । शनिबार अगस्ट ४ तारिख अर्थात आयुर्वेद शिरोमणी आचार्य श्री वालकृष्णजी महाराजको जन्मोत्सव तथा जडीबुटी दिवस प्रवन कार्यक्रम गरेर मनाएको हो ।

पतंजली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष राम कृष्ण थापाको अध्यक्षतामा प्रवचन कार्यक्रम भएको हो । हेटौंडा–४ स्थित भुवनेश्वर महादेव मन्दिरको सभाहलमा भएको कार्यक्रममा जडीबुटी सम्बन्धि जानकारी दिईएको थियो । कार्यक्रम समितिका पूर्वअध्यक्ष बिष्णु श्रेष्ट, आयुर्वेद निरीक वैकुण्ठ आचार्य, उपाध्यक्ष शशिकला थापा, नगर प्रभारी तुलसा ढंगाना, कोषाध्यक्ष हरी पौडैललगायतले जडीबुटीको महत्व तथा यसको प्रयोग एव्म फाईदाका बारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै दिवशकै अवसरमा आईतबार (आज) बिहान हेटौंडा–४ स्थित निर्माणाधिन योग भवन परिसरमा मुख्यमनत्री डोरमणि पौडेलको उपस्थितीमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिने अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।