देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भू–भागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो । सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।
Tweets by DHM_FloodEWSयस्तै रोल्पा, रूकुम, डोल्पा, जुम्ला, दैलेख, अछाम, बाजुरा, बैतडी, दार्चुला र आसपास जिल्लाको नदी तथा खहरेको बहाव पनि बढ्ने देखिएको महाशाखाले जनाएको छ ।