हेटौंडाः मकवानपुर जिल्लामा २०७२ सालको भूकम्पका कारण क्षति भएका मध्ये हाल सम्म १ सय ८८ विद्यालयका नयाँ भवन निर्माण भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷०७४ देखि २०७५÷०७६ सम्ममा एक सय ८८ विद्यालयका ५ सय ५६ कक्षाकोठाको निर्माण कार्य सम्पन्न भएको हो ।

तीन आर्थिक वर्षमा निर्माणकालागि प्राप्त कोटा मध्ये आर्थिक वर्ष २०७३÷०७४ मा प्राप्त ६८ विद्यालय मध्ये सबै सम्पन्न भएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयका प्रमुख बद्री पाठकले जानकारी दिनुभयो । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा प्राप्त ६८ कोटा मध्ये ६७ वटा निर्माण सम्पन्न भएको तथा एउटा विद्यालय निर्माणधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । साथे आर्थिक वर्ष ०७५÷०७६ मा ६५ वटा कोटा प्राप्त भएकोमा ५२ वटाको निर्माण सम्पन्न भएको तथा १३ वटा विद्यालय निर्माणधिन अवस्थामा रहेको प्रमुख पाठकले जानकारी दिनुभयो । साथै आर्थिक वर्ष २०७५÷०७६ मै विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण हुने गरि आएको थप ५१ वटा विद्यालय र ७० वटा शौचालयको निर्माणको सम्झौता सम्पन्न भएको पाठकले जानकारी दिनुभयो ।

तीन आर्थिक वर्षमा प्राप्त भएको कुल २ सय ५२ विद्यालयको कोटा मध्ये हाल सम्म १ सय ८८ वटा निर्माण सम्पन्न भएको ईकाईका प्रमुख पाठकले जानकारी दिनुभयो । जिल्लामा रहेका कुल ५ सय १६ विद्यालयका ४ हजार ७६ कक्षाकोठा मध्ये ४ सय ९ विद्यालयका २ हजार ३ सय १० कक्षाकोठा भूकम्पबाट पँर्ण क्षति भएका छन । भने, १ हजार ४ सय ५४ कक्षाकोठा आशिंक रुपमा क्षति भएका छन । तर, भूकम्प पछि गरिएको स्थलगत निरिक्षणका क्रममा जिल्लामा ४ सय ४१ कक्षाकोठा मात्र आवश्यक रहेको पाइएको ईकाईका प्रमुख पाठकले जानकारी दिनुभएको छ । यसका बाहेक जिल्लामा जापानी सहयोग नियोग जाईकाबाट निर्माण हुने ४१ विद्यालय भवनमध्ये ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण समेत भईसकेको तथा ३३ वटा विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा एसियाली विकास बैंक एडिबीको सहयोगमा निर्माण भएका विद्यालयहरु हस्तान्तरणको अन्तिम तयारीमा रहेको प्रमुख पाठकले बताउनुभयो । भूकम्प पछिको पुनर्निर्माणमा विद्यालय पुनर्निर्माण तर्फ तीन आर्थिक वर्षमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट प्राप्त ९९ करोड ९९ लाख ३९ हजार ५ सय ७४ रुपैयाँ मध्ये हाल सम्म ९७ करोड १६ लाख २९ हजार ४ सय ४८ रुपैया खर्च भएको उहाँले जानकारी दिनुभएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाईवाट आर्थिक वर्ष ०७३÷०७४ मा प्राप्त २५ करोड ४८ लाख ३८ हजार २ सय ४० रुपैयाँ मध्ये ९९ दशमलव ५ प्रतिशत अर्थात २५ करोड २७ लाख ६७ हजार ७ सय ६३ रुपैया खर्च भएको जानकारी दिनुभयो ।

त्यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा प्राप्त २८ करोड १० लाख ६८ हजार ३ सय ३४ रुपैयाँ मध्ये २६ करोड ८५ हजार ७ सय ५१ अर्थात ९२ दशमलव ५ प्रतिशत र आर्थिक वर्ष ०७५÷०७६ मा प्राप्त भएको ४६ करोड ४० लाख ३३ हजार मध्ये ४५ करोड ८७ लाख ७५ हजार ९ सय ३४ रुपैयाँ अर्थात ९८ दशमलव ८ प्रतिशत रकम खर्च भएको प्रमुख पाठकले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा जापनीज सहयोग नियोग (जाईका) ऋण सहयोग तर्फ १ अरब ५१ करोड ७९ लाख ८ हजार ९ सय १० एसियाली विकास बैंकको ऋण सहयोग तर्फ ११ करोड रुपैया खर्च हुने लक्ष्य रहेको पाठकले जानकारी दिनुभयो । कार्यालयले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा सबै विद्यालयको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको समेत पाठकले जानकारी दिनुभएको छ ।