हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देशको समृद्धिका सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शनिबार हेटौंडा–९ मा रहेको पशुपतिनगर सामुहिक गुठीको आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले मुलुकको समृद्धिका लागि समाजमा सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।

पछिल्लो समय हाम्रो समाज विकृतितर्फ उन्मुख रहेको भन्दै त्यसको सुधार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रमुख खुलालले समाजमा बढ्दो विकृतिको सुधार गर्न जरुरी रहेकोभन्दै त्यसको सुधारका लागि समाजका हरेक वर्ग लाग्नुपर्ने बताउनुभयो । समाज सुधार गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको समेत उहाँले बताउनुभयो । धर्म निरपेक्ष राष्ट्रमा कुनै जात विशेषको मात्र गुठी हुने गरेको भन्दै वडा नम्बर ९ मा रहेको गुठीले सबै जात÷जाति, वर्ग÷समुदायलाई समेटेको भन्दै धन्यावाद समेत दिनुभयो । समाजका यस्ता संस्थाहरुले समाज सुधारका साथै सामाजिक विकासमा टेवा पुग्ने समेत उहाँले बताउनुभएको छ ।

संस्थाले ९ नम्बर वडाका ३ वटा टोल विकास संस्थालाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । गुठीले अहिले आफ्ना सदस्यहरुको घरमा मृत्यु भएमा आर्थिक सहयोग समेत गर्ने गरेको छ । संस्थाले आगामी दिनमा मासिक बचत, क्षेत्र विस्तार, कसैको परिवारको सदस्यको मृत्यु भएर शोकमा भएमा अनिवार्य मलामीमा सहभागी हुनुपर्ने र विचार पु¥याउनुनपर्ने, जेष्ठ नागरिक सामुहिक सहभोज तथा स्वास्थ्य शिविरलगायतका कार्यक्रम गर्ने योजना बनाएको छ । संस्थाले वार्षिक साधारण सभाका अवसरमा २०७४ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्यका छोरा दिवश खतिवडालाई सम्मान समेत गरेको थियो ।

संस्थाका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा सदस्य सुकराम केसी, संस्थाका सल्लाहकार आशाकाजी श्रेष्ठ, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, सामुदायिक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, प्रगति माविका प्राचार्य निरन्जन ढकाललगायतको सहभागिता रहेको थियो ।