हेटौंडाः हेटौंडामा आईतबारबाट नेतृत्व तथा व्यक्तित्व विकास एवम् उद्घोषण तालिम सुरु भएको छ । समृद्ध नेपालका लागि नयाँ पाईलाको आयोजनामा नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी तालिम सुरु भएको हो ।
सात दिने तालिम आईतबार नेपाल पत्रकार महासंघका प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन् गर्दै प्रमुख अतिथी बिष्टले तालिम लिनु मात्र ठुलो कुरा नभइकन यसलाई व्यावहारमा उतार्नुपर्ने बताउनुभयो । पत्रकारिता पेसामा लामो समय सम्म काम गरेपछी मात्र सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले पत्रकारीतामा धैर्यता आवश्यक रहेको बताउनुभएको छ । पत्रकारीता गरेरै परिवार पाल्न सकिने अवस्था अहिले रहेको भन्दै तर निरन्तरता र धैर्यता अवश्य रहेको बताउनुभएको छ ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले पत्रकारिता क्षेत्रमा जनशक्ति अभाव रहेको भन्दै तालिम लिएर व्यवसायिक पत्रकारीतामा लाग्नु आग्रह गर्नुभयो । समृद्ध नेपालका लागि नयाँ पाईलाका संरक्षक रिपेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहाल, पत्रकारहरु बालकृष्ण अधिकारी, मनोज ढोडारी, बिवश अधिकारी, देवराज पन्त, अमृत चिमरीयालगायतको आतिथ्यता रहेको थियो । तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।