हेटौंडा,साउन-१०/
३ नम्बर प्देश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सदस्यहरुले ५ दिनको तलब बाढीपहिरो पीडितहरुलाई दिने निर्णय गरेको छ । असार २७ गतेदेखि देशभर आएको अविरल वर्षाको कारण प्रदेश नम्बर ३ को बाढी, पहिरो र डुवानमा परी मृत्यु, घाइते एवम् विस्थापित भएका घरपरिवारप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै शुक्रबार विज्ञप्तिमार्फत सहयोगको जानकारी गराएको हो ।
३ नम्बर प्रदेश सरकारले पीडितलाई १ लाख दिने निर्णय गरेतापनि राहत रकम बढाएर ३ लाख दिनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । तत्काल १ लाख राहत रकम उपलब्ध गराउन पनि ३ नम्बर प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बाढीपहिरो र डुवानका कारण पूर्ण क्षति र आंशिक क्षति भएकाहरुलाई आश्रयस्थल, खाना र लत्ताकपडाको व्यवस्थाका गर्न पनि सरकारसँग आग्रह गरिएको शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।