३ नम्बर प्रदेश सरकारले बाढीरपहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिबार बसेको प्रदेशिक विपद् व्यवस्थापन निर्देशक समितिको वैठकले बाढी, पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा गरेको हो । ३ नम्बर प्रदेशका १३ जिल्लामा बाढी, पहिरोका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको प्रहरीको तथ्याङ्क रहेको छ ।

प्रादेशिक विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसैगरी बैठकले बाढी, पहिरोमा परेर घाईते भएकाहरुका लागि ३ नम्बर प्रदेश सरकार मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यस भन्दा बाहेकका अस्पतालमा उपचार गराएमा बढीमा २५ हजार रुपैयाँसम्म राहत रकम व्यहोर्ने निर्णय गरेको छ । तर, घाईतेको हकमा प्रहरीको तथ्याङ्कमा आएकालाई मात्र राहत उपलब्ध गराईने बताईएको छ । बैठकमा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि शालिकराम जमकट्टेल, ३ नम्बर प्रदेशसभा सदस्य जुनेली श्रेष्ट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो ।