हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाका बिभिन्न स्थानको निरिक्षण गर्नुभएको छ । लगातारको वर्षका कारण प्रभावित भएका हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुको शनिबार निारिक्षण गर्नुभएको हो । बिशेष गरि मुख्यमन्त्री पौडेलले आफु निर्वाचित हुनुभएको क्षेत्रको निरिक्षण गर्नुभएको छ । उहा“ले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७, ९, १३, १४,१५ र ५ नमबर वडाको शनिबार निरिक्षण गर्नुभएको हो । निरिक्षणका क्रममा उहा“ले वर्षाका कारण भएको धनजनको क्षति प्रति दुख व्यक्त गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । निरिक्षण टोलीमा ३ नमबर प्रदेशसभा सदस्य जुनेली श्रेष्ट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।